दोलखा भीमसेनलाई पसिना आयो, अब के हुन्छ ?


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ५ २०८१
4.8K
SHARES

५ साउन काठमाडौ । आज २०८१  साउन ४ गते शनिबार दिउँसो १:४७ बजेदेखि  आएको पसिना ३:४७ मा राेकिएकाे थियो ।

फेरि सुरूवाती २ घण्टा भीमेश्वरकाे शिलामा बाँयाबातिरबाट आएर राेकिएकाे पसिना पुन: ४:५ बजेबाट शिरबाट पसिना आउन सुरू भएको खबर छ ।

दोलखा भीमसेन दोलखा शहर बजारमा अवस्थित श्री भीमेश्वर भीमसेनलाई भनिन्छ। पौराणिककालमा दोलखा शहरमा पाण्डबहरू गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरूले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको विकिपिडियामा उल्लेख छ ।