राष्ट्रपतिको दौड त्यागे बाइडेनले, ह्यारिसलाई समर्थन


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ७ २०८१
5.7K
SHARES

७ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।

बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।त्यही बीच उनले आइतवार उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने घोषणा गरेका छन् ।

मैले उम्मेदवारी फिर्ता लिनु र बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ,’ उनले आफ्नो वक्तव्यमा भनेका छन् ।कमला नयाँ  उम्मेदवारका रुपमा आउने अनुमानका आधारमा ट्रम्पले भाषणमा उनीमाथि आक्रमण थालिसकेका थिए ।