काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १० २०८१
1.8K
SHARES

१० साउन झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँबराबरको जडीबुटी निर्यात गरिएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार, चिराइतो, रिट्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात गरिएको हो ।

उक्त आवमा चार करोड ८० लाख ६० हजार रुपैयाँबराबरको १६० मेट्रिक टन चिराइतो निर्यात गरिएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, संखुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती गरिँदै आएको छ ।

सोही अवधिमा एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको १५१ मेट्रिक टन रिट्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, १२ लाख रुपैयाँबराबरको २४ मेट्रिक टन चुत्रो निर्यात गरिएको छ ।