पहिरोमा पुरिएर तीन जनाको मृत्यु
११ साउन काठमाडौ । रामेछापमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो ।पहिरोमा परेर १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पहिरोको जोखिममा रहेका केही घरका स्थानीयले उद्धार गरेका छन् । प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो ।
उद्धारका लागि प्रहरीको टोली रातिदेखि सक्रिय भए पनि अहिले थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिउटी अफिसरले बताएका छन् ।