कमला ह्यारिसले गरिन् राष्ट्रपति पदमा उम्मेदवारी घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १३ २०८१
2.3K
SHARES

१३ साउन काठमाडौं । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सोसल मिडिया प्लेटफर्म एक्समा ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक मत प्राप्त गर्न कडा मेहनत गर्नेछु।’ आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफू विजयी हुने विश्वास पनि उनले व्यक्त गरेकी छन्।

पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन्।अधिकांश डेमोक्र्याटिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्टमा हुने पार्टी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गर्ने विश्वास गरिएको छ।