नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
2.2K
SHARES

२१ साउन काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका काफ्लेको सोमबार बिहान १० बजे ह्याम्स अस्पतालमा मृत्यु भएको हो।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। डेपुटी गभर्नरको रुपमा जिम्मेवारी पूरा गरेका काफ्लेले सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा काम सुरु गरेका थिए।