नेपाल भारतसँग स्तब्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २३ २०८१
2.8K
SHARES

२३ साउन काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल फेरि भारतसँग स्तब्ध बनेको छ ।बुधबार अपराह्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।

पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेको थियो । दोस्रो सेटमा भारतसँग २५–१४ ले स्तब्ध बन्यो । तेस्रो सेटमा फेरि २५–२२ को जित निकालेको नेपाल चौँथो सेटमा २५–२१ ले पराजित भएको भयो । अन्तिमको निर्णायक सेटको खेलमा नेपाल १५–५ ले पराजित भयो ।

नेपालमाथि जित निकालेपछि भारतले फेरि एकपटक उपाधि आफ्नो पक्षमा पारेको छ ।लिगको तेस्रो स्थानमा इरान रह्यो । तेस्रो स्थानका लागि बुधबार नै भएको खेलमा इरानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो ।प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।