महिला भलिबल टीमका सदस्यलाई महानगरले दियो १-१ लाख


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१
1.9K
SHARES

२४ साउन काठमाडौं । काठमाडौं महानगरपालिकाले काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय भलिबल टीमलाई नगद पुरस्कारले सम्मानित गरेको छ । टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई पुरस्कृत गरिएको हो ।

राष्ट्रिय टीमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले १–१ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तीन जना अफिसियललाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कार  कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल तथा महानगरका कर्मचारीहरू उपस्थित थिए । खेलाडीहरूलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।