ब्राजिलमा जहाज दुर्घटना


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २६ २०८१
2.3K
SHARES

२६ साउन काठमाडौँ । ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ।

दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ।