सिंहदबार भित्रै डुबान , काठमाडौंमा मुसलधारे वर्षा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २९ २०८१
2.1K
SHARES
२९ साउन काठमाडौँ ।काठमाडौंमा मंगलबार दिउँसो मुसलधारे वर्षा भएको छ । ३ बजेपछि उपत्यकामा मुसलधारे वर्षा भएको हो । वर्षाका कारण उपत्यकाभित्रका खोलामा बाढी आएको छ ।
बाढीको निकास नभएको क्षेत्र तथा होचा स्थानहरू डुबानमा परेका छन् । वर्षाका कारण सिंहदरबारभित्रै सञ्चार मन्त्रालय रहेको क्षेत्र डुबान परेको छ । मन्त्रालयपरिसरमा पानी भरिएपछि बिदापछि घर फर्किन लागेका कर्मचारीहरू बाहिर निस्कन सकेका छैनन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट