जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ३० २०८१
1.2K
SHARES

३० साउन संखुवासभा । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी सतहमाथिबाट बग्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।