मध्यपहाडी लोकमार्ग बन्द


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१
1.9K
SHARES

२ भदौ ढोरपाटन । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्य पहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।