श्याम सुवेदीद्वारा सात लाखको छात्रवृत्ति प्रदान
३ भदौ रामेछाप ।मन्थली नगरपालिका वडा नम्बर १ निवासी श्याम सुवेदीको परिवारले विभिन्न १० बिद्यालयका ८० जना छात्रालाई करिव सात लाख बराबरको छात्रवृत्ति प्रदान गरेका छन।मन्थली माविको सभाहलमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
समाजसेवी शिक्षा विद गुञ्जबहार श्रेष्ठ प्रमुख अतिथि रहनुभएकाे उक्त कार्यक्रममा गुञ्बहादुर श्रेष्ठ ,समाजसेवी दिपक प्रसाईं ,मन्थली माविका प्रअ टक दाहाल ,वडा अध्यक्ष रामहरि पौडेल लगायतका ब्यक्तित्वले मन्तव्य राखेका थिए।पुर्ण तर्फ छात्रवृत्ति पाउने छात्राहरुमा तामाकोसी क्याम्पस खिम्ती १२जना,सहिद स्मृति क्याम्पस मन्थलीका ६ जना,सेतिदेवि मावि सालुका १० जना,भैरवी मावि सुनारपानीका १० जना,सिद्धेश्वर मावि गैराथोकका १० जना,मन्थली माविका १० जना र आंशिक तर्फ १० वटै बिद्यालयबाट २१ जना गरि ८० जना छात्राहरुले छात्रवृत्ति प्राप्त गरेका हुन।
समाजसेवी श्याम सुवेदीले नौ बर्ष अघिबाट छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्न सुरुवात गरेका हुन।छाेरिलाई शिक्षित बनाउदा समाज शिक्षित बन्छ भन्ने अभियान सहितको कार्यक्रमकाे सभापति श्याम सुवेदीले गर्नुभएको थियो ।कार्यक्रममा गिता सुवेदी ,पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी ( श्याम सुवेदीका भाई),प्रमिला न्यौपाने सहित पारिवारिक सदस्यहरु नेत्रप्रसाद घिमिरे ,बिजया सुवेदी ,सन्तोष श्रेष्ठ ,जया सुवेदी ,संजीप प्रताप जवरा,सन्जया सुवेदी ,गाेविन्द श्रेष्ठ ,अस्मिता सुवेदी ,कविराज सुवेदी लागायत पारिवारिक सदस्यहरुकाे उपस्थित रहेकाे थियाे। कार्यक्रम युवराज सुवेदीले सञ्चालन गरेका थिए।