वसन्तपुरमा गाईजात्राको रौनक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ४ २०८१
2.2K
SHARES
४ भदौ काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गाईजात्रा शुरु भएको छ । काठमाडौंको वसन्तपुरमा बिहानैदेखि गाईजात्रा मनाउन थालिएको छ ।
विशेषगरी नेवार समुदायमा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज पहिलो दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गराइन्छ । उनीहरूलाई फलफूल, मिष्ठान्न भोजन र दक्षिणा दिइन्छ । यसो गर्नाले पछिल्लो एक वर्षभित्र मृत्यु भएका नातेदार गाईको पुच्छर समाएर वैतरणी तर्ने धार्मिक विश्वास छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट