प्रचण्डले गरे पलेशालाई सम्मान
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र २१ २०८१
2.5K
SHARES
२१ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो पटक पदक दिलाउने पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। आज खुमलटार बोलाएर प्रचण्डले सम्मान गरेका हुन्। पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई पनि सम्मान गरे।
बुधवार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले बधाई तथा सम्मान गरेका थिए।नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरिसकेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट