पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २० २०८१
2.2K
SHARES

२० असोज काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन् । भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो ।

भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए । त्यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति थियो ।

भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए ।उनी आज बिहान स्वदेश फर्किएका छन् । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो ।