अब अनलाइनबाटै कम्पनी दर्ता
६ कार्तिक काठमाडौं। अब घरबाटै कम्पनी दर्ता गर्न सकिने भएको छ । कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा अटोमेशनमा गएको हो । अब कम्पनी दर्ताका लागि सेवाग्राहीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । नयाँ सफ्टवेयर प्रणालीको सुरुवातसँगै कम्पनी दर्तामा कागजको प्रयोग पनि हटेको छ ।
कम्पनी दर्ता प्रक्रियामा सेवाग्राहीको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू गरिनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयले अटोमेशन प्रणाली लागू गरेपछि सेवाग्राहीले अब आफू उपस्थित नभई अनलाइनबाटै कम्पनी दर्ताको प्रक्रिया पूरा गर्न सक्ने छन् ।