इजरायली हमलामा ३४ लेबनानी मारिए


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०८१
1.9K
SHARES

११ मंसिर काठमाडौं । इजरायली हवाई हमलामा ३४ जना लेबनानीको ज्यान गएको छ भने ८० जना घाइते भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायलली आक्रमणबाट पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ । त्यहाँ ४४ जना घाइते भएका छन् ।

बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन शहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेटभित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकामा हवाई हमाला भएको बताइएको छ ।

यता, दक्षिणी लेबनानमा १० व्यक्तिको मृत्यु भएको समाचार छ । त्यस्तै, ३६ जना घाइते भएका छन् । जसमध्ये धेरैजसो नाबातीह गभर्नरेटका शहर र गाउँहरूमा रेकर्ड गरिएको थियो ।