बैंकहरुको औसत आधार दर ७.३२ प्रतिशत


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०८१
1.8K
SHARES

१२ मंसिर काठमाडौं । वाणिज्य बैंकहरुको औसत आधार दर ७.३२ प्रतिशतमा झरेको छ । यसअघि २०८१ असारमा बैंकहरुको आधार दर औसतमा ८.८ प्रतिशत थियो । पाँचवटा वाणिज्य बैंकको आधार दर ७ प्रतिशत भन्दा तल छ ।स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको बेस रेट ७ प्रतिशत तल आएको हो । कात्तिक महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकको आधार दर ५.७३ प्रतिशतमा आइपुगेकोमा मंसिरको आधार दर सार्वजनिक गरिएको छैन ।

मंसिर महिनामा आधार दर राष्ट्रिय वाणिज्य बैंकको ६.०१, नेपाल बैंकको ६.६२, एभरेष्टको ६.४९ र नबिल बैंकको ६.७६ प्रतिशत छ । एनआईसी एशिया र हिमालय बैंकको आधार दर ८ प्रतिशतमाथि छ । बाँकी सबैको आधार दर ८ प्रतिशतभन्दा तल छ ।

बैंक २०८१ असार २०८१ मंसिर
नबिल ७.६३ ६.७६
नेपाल इन्भेष्टमेन्ट मेग ७.६९ ७.०७
हिमालयन ९.०८ ८.०३
नेपाल एसबिआई ८.३ ७.५३
एभरेष्ट ७.४५ ६.४९
एनआईसी एसिया ९.१९ ८.४३
माछापुच्छ्रे ८.२६ ७.५४
लक्ष्मी सनराइज ८.५२ ७.७६
कुमारी ८.८९ ७.६४
सिद्धार्थ ८.११ ७.४९
सानिमा ७.८३ ७.२६
एनएमबि ८.४२ ७.३९
प्रभु ८.२ ७.५८
ग्लोबल आइएमई ८.२६ ७.२४
सिटिजन्स ८.०९ ७.९५
प्राइम कमर्सियल ८.४९ ७.९२
कृषि विकास ८.०९ ७.०६
नेपाल ७.९७ ६.६२
राष्ट्रिय वाणिज्य ६.७१ ६.०१