सुनको मूल्य फेरि घट्यो , कति पुग्यो आज ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर १३ २०८१
4.3K
SHARES
१३ मंसिर काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट