कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ५ २०८१
2.5K
SHARES

५ पुस काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल सरकारले बनाउन लागेको फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयले मैदानमा फ्लड लाइट र प्यारापिट बनाउनका निम्ति बोलपत्र आह्वान गरेको हो ।

बोलपत्रअनुसार कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निमार्णका निम्ति एक करोड ६२ लाख र एक करोड ७३ लाख रुपैयाँ तोकिएको छ । जसमा दुवै पूर्वाधार निर्माणका निम्ति बोलपत्रमा आवदेन दिन २० हजार रुपैयाँ शुल्क तोकिएको छ । बिहीबार आह्वान गरिएको बोलपत्रको समयावधि माघ महिनाको ६ गतेसम्म छ ।