फिल्म ‘जन्ते बाख्रो’ को शुभमुहूर्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १२ २०८१
2.5K
SHARES

१२ पुस काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ। शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो।

फिल्मको मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए। फिल्ममा  सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ।  मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्।

बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ। यस फिल्मलाई हरि हुँमागाईले खिच्ने छन्।