वायुसेवा निगमका समस्या सुधारका लागि समिति गठन


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २५ २०८१
2.9K
SHARES

२५ पुस काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न उपसमिति गठन भएको छ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल छन्।