म सबैभन्दा पूर्ण खेलाडी – रोनाल्डो


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१
2.3K
SHARES

२४ माघ काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिगको क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू ‘सबैभन्दा पूर्ण खेलाडी’ भएको बताएका छन् ।बुधबार (हिजो)देखि ४० वर्षमा प्रवेश गरेका रोनाल्डो फुटबल करियरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत हुन् । उनले हालसम्म ९२३ गोल गरेका छन् ।

“मलाई लाग्छ, म सबैभन्दा पूर्ण खेलाडी हुँ । मेरो विचारमा म नै सबैभन्दा राम्रो हुँ । म फुटबलमा सबै राम्रो गर्छु, हेडर, फ्रीकिक, देब्रे खुट्टाले पनि । म छिटो छु र बलियो पनि,” एएफसी च्याम्पियन्स लिगमा अल–वासलविरुद्ध ४–० को जित निकालेपछि रोनाल्डोले भने ।

सन् २०१६ मा पोर्चुगललाई यूईएफए च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १३५ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा समेत सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।