भ्यालेन्सियाविरुद्ध सहज जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१
2.5K
SHARES

२५ माघ काठमाडौं । भ्यालेन्सियाविरुद्ध उसैको मैदानमा ५–० को सहज जित निकाल्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति स्टाडियो मेस्टालामा पाहुना टिमलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक गरे । लामिन यमल र फेर्मिन लोपेजले समान एक गोल थपे ।

खेलको तेस्रो मिनेटमा नै टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । १७औँ मिनेटमा टोरेसले नै पाहुना टिमको अग्रता दोब्बर बनाए । २३औँ मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता ३–० मा पुर्‍यायो । ३०औँ मिनेटमा टोरेसले ह्याट्रिक गर्दा बार्सिलोनाले पहिलो हाफमै अग्रतालाई ४–० मा राखेको थियो ।

५९औँ मिनेटमा युवा फरवार्ड यमलको गोलसँगै बार्सिलोनाले ५–० को फराकिलो जित निकाल्यो ।बार्सिलोनाले यसअघि ला लिगाको खेलमा भ्यालेन्सियालाई ७–१ ले हराएको थियो ।बिहीबार राति नै भएको अर्को खेलमा ओसासुनाविरुद्ध २–० को जित निकाल्दै रियाल सोसिडाडले अन्तिम चारको यात्रा तय गरेको छ ।