नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि
२७ माघ काठमाडौ । पाल्पाको रामपुरमा भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ। उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो।
त्रिभुवन आर्मी क्लब तेस्रो भयो। निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए। आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित ग¥यो। आर्मीले पहिलो सेट २५–२१ अङ्कले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अङ्कले जितेको हो। निस्दीले दोस्रो सेट २५–१९ अङ्कले जितेको थियो।