ला लिगाको शीर्ष स्थानमा उक्लियो बार्सिलोना


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
2.5K
SHARES

६ फागुन काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति रायो भालेकानोविरुद्ध घरेलु मैदानमा १–० को जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा कब्जा जमाएको हो ।

बार्सिलोनालाई महत्त्वपूर्ण तीन अंक दिलाउन रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गरे । खेलको २८औँ मिनेटमा प्राप्त पेनाल्टीमा लेवान्डोवस्कीले कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए ।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ५१ अंक जोडेको छ । घरेलु लिगमा बार्सिलोनाको यो १६औँ जित हो । समान अंक रहे पनि रियाल मड्रिड बार्सिलोनाभन्दा गोल आधारमा पछाडि छ । तेस्रो स्थानको एट्लेटिको मड्रिडको ५० अंक छ । २४ खेलबाट ३५ अंकको भालेकानो भने तालिकाको छैटौँ स्थानमा छ ।