रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिताको तयारी


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१
2.2K
SHARES

१८ फागुन रुपन्देही । रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । मुर्गिया फुटबल क्लब सैनामैना नगरपालिका वडा न।४ रुपन्देहीको आयोजनामा सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।सैनामैना- ४ स्थित सैनामैना सैनामैना फुटबल रंगशालामा १९ फागुनदेखि २८ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुन लागेको मुर्गिया फुटबल क्लब अध्यक्ष प्रविण भारीले जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । जसमा एक भारतीय टिम र ९ नेपाली टिम रहने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

खड्काका अनुसार मुर्गिया फुटबल क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ एफसी काठमाण्डौ,भारतीय सिक्किम,महाविर क्लब काठमाण्डौ,अभिषेक चर्च रजहर नवलपुर,हनामी बि।एफ।सी,चितवन,कपिलवस्तु ११,गोर्खा ब्वाईज रुपन्देही,फर्साटिकर युथ क्लब रुपन्देही बीच प्रतिस्पर्धा हुनेछ । उद्धघाटनमा मुर्गिया फुटबल आयोजक र गोर्खा ब्वाईज रुपन्देहीबीच हुनेछ ।

प्रत्येक टीमले ५ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था कायम गरिएको छ । खेलाडीको स्वास्थ्य सुरक्षाका लागि १ लाखसम्मको स्वास्थ्य बिमा गरिने भएको छ । प्रथम हुने टिमले७ लाख राशी,शिल्ड र मेडल,द्वितीय हुने टीमले रु।४ लाख राशी,शिल्ड र मेडल,सेमिफाइनल र विधागत खेलाडीहरुलाई समेत नगद र पुरस्कारद्धारा सम्मान दिइने जनाईएको छ ।

खेलकुदको माध्यमबाट सैनामैनाको गरिमा अन्र्तराष्ट्रिय जगतमा जाने सैनामैना नगरपालिका वडा न।४का वडाअध्यक्ष रामप्रसाद अधिकारीले बताएका छन् । युवाहरुले थालेको उदारणीय कार्यमा जनप्रतिनिधि सधै तत्पर भएको भन्दै प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयको तर्फबाट २ लाख ५० हजार सहयोग भएको प्रतिबद्धता व्यक्त अधिकारीले गरे ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६५ लाखसम्म खर्च लाग्ने आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिए । प्रतियोगितामा प्रथम राशीको सौजन्य सुनगाभा पब्लिक माध्यामिक विधालयले गरेको छ भने सैनामैना नगरपालिका वडा न।४ वडा कार्यालय, सैनामैना नगरपालिकाले आवश्यक सहयोग गरेको हो ।टिकट र विभिन्न संघसंस्था,चन्ददाताहरुले प्रतियोगिताका लागी आर्थिक सहयोग गरेको खड्काले उल्लेख गरे ।

प्रतियोगितामा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ भने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिईएको सैनामैना गोल्डकप फुटबल प्रतियोगिताका टिकट संयोजक सुशिल पौडेलले जानकारी दिए । पौडेलका अनुसार अन्य खेलप्रेमीको हकमा भने प्रतिव्यक्ति१ सयदेखि २ सयसम्म टिकट दर कायम भएको छ ।

टिकटबाट २० लाखसम्म रकम उठाउने लक्ष्य राखेको बताइएको छ ।सुविधा सम्पन्न रंगशाला र प्याराफिडबाट खेलप्रेमीहरुले खेल अवलोकन गर्न पाउँने अनुगमन समितिका संयोजक सुवास क्षेत्रीले जानकारी दिए । ३५ देखि ४० हजारसम्म खेलप्रेमीहरुले उपस्थिति रहने आंकलन गरिएको छ ।