आजदेखि विराट गोल्डकप


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१
2.2K
SHARES

१९ फागुन विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आज हुँदै छ । उद्घाटन खेलमा आयोजक मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् । विराटनगरको सहिद रंगशालामा हुने रात्रिकालीन खेल सोमबार साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा भारतका दुई र नेपालका आठ टिम सहभागी हुँदै छन् । यसको तयारी पूरा भएको गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले बताए ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको विराट गोल्डकप फुटबल ट्रस्टले जनाएको छ ।उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र प्रतियोगिता भर सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने बताइएको छ ।