अस्मिता र महेशबीच कसियो लगनगाँठो


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
2K
SHARES

२२ फागनु काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहको रुप दिएका हुन् ।

अहिले काठमाडौंको एउटा पार्टी प्यालेसमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।अस्मिता र महेसले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका थिए ।