फिफा क्लब विश्वकपको पुरस्कार राशि एक अर्ब डलर


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
4.4K
SHARES

२२ फागुन काठमाडौं । फिफा क्लब विश्वकपको कुल पुरस्कार राशि एक अर्ब डलर हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ टोलीको सहभागिता रहने प्रतियोगिताको पुरस्कार राशि एक अर्ब डलर हुने जनाएको हो ।

फिफाले क्लब विश्वकपबाट कुल दुई अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ । यसबाट केही रकम विश्व क्लब फुटबलको विकासमा लगानी गर्ने फिफाको लक्ष्य छ ।

“फिफाले एक डलर पनि राख्दैन,” प्रतियोगिताबाट हुने आम्दानी र खर्चबारे फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।फिफा क्लब विश्वकप अमेरिकाका विभिन्न १२ सहरमा आयोजना हुने तालिका छ ।