घरेलु फुटबलमा ७० वर्षपछि न्युक्यासललाई उपाधि


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१
2.2K
SHARES

४ चैत काठमाडौं । इंग्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडले ७० वर्षपछि घरेलु फुटबलमा उपाधि जितेको छ । न्युक्यासलले आइतबार राति काराबाओ कपको फाइनलमा लिभरपुललाई २–१ ले हराउँदै उपाधि जितेको हो ।

वेम्बलीमा भएको फाइनलमा न्युक्यासललाई जित दिलाउन ड्यान बर्न र एलेसान्डर इसाकले गोल गरे । लिभरपुलका फडेरिको किएजाले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको ४५औँ मिनेटमा बर्नले गोल गरेपछि न्युक्यासलले अग्रता बनाएको थियो । ५२औँ मिनेटमा इसाकले न्युक्यासलको अग्रता दोब्बर बनाए । इन्ज्युरी समयमा लिभरपुलका किएजाले एक गोल फर्काएका थिए । न्युक्यासलले सन् १९५५ पछि घरेलु फुटबलको उपाधि जितेको हो ।