जापान फिफा विश्वकप–२०२६ मा छनोट हुने पहिलो टिम बन्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१
3.4K
SHARES

७ चैत काठमाडौं । फिफा विश्वकप–२०२६ को एसिया छनोटमा आज जापानले बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा जित निकाले जापान विश्वकप–२०२६ मा छनोट हुने पहिलो टोली बन्नेछ । एएफसी एसियन क्वालिफायरको समूह ‘सी’मा जापान १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । जापानले ६ खेल खेल्दा पाँचमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

तालिकाको पाँचौँ स्थानमा रहेको बहराइनले भने ६ खेलमा एक जित, तीन बराबरी र दुई हारसहित ६ अंक जोडेको छ ।यी दुई टिमबीचको खेल जापानकै साइतामा रंगशालामा हुने तालिका छ । यो खेल नेपाली समयानुसार दिउँसो ४ः२० बजेदेखि सुरु हुनेछ ।२०२६ को विश्वकप आयोजना अधिकार मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशले पाएका छन् ।