एपीएफको छैटौँ जित


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१
1.8K
SHARES

११ चैत काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको छ । सोमबार  भएको खेलमा कप्तान रोहित पौडेल र पूरन विकेको शतकीय साझेदारीसँगै एपीएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । एपीएफको यो छैटौँ जित हो ।जितको लागि २२४ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.५ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि पूरनले ७२ रन बनाए भने कप्तान रोहितले  ७१ रन बनाए । त्यस्तै, आशिफ सेखले १८ रन, लोकेश बम र सन्दीप जोराले २१–२१ रन बनाए ।बलिङतर्फ लुम्बिनीका राजेन्द्र बमले तीन विकेट लिए ।