चलचित्र ‘बिगुल’को निर्माण घोषणा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१
2.7K
SHARES

१३ चैत काठमाडौं । चलचित्र ‘बिगुल’को निर्माणको घोषणा गरिएको छ । सामाजिक कथावस्तुमा आधारित चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।बिगुलको अर्थ अन्यायविरुद्धको आवाज उठाउनु हो । पछिल्लो समय नरेन ‘बाह्र गाउँ’मा देखिएका थिए ।अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।

‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा रहने बताइएको छ । चलचित्रको छायांकन २०८२ को वैशाख १ बाट सुरु हुनेछ ।