भुटानी कृषिमन्त्री आइपुगे


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
2.1K
SHARES

२५ चैत काठमाडौं । बिमस्टेकका कृषि मन्त्रीहरुको तेस्रो बैठक भोलिदेखि राजधानीमा शुरु हुँदैछ । सोही बैठकमा भाग लिन भुटानी कृषिमन्त्री युन्टेन फुन्सो बिहान पारोबाट काठमाडौं आइपुगेका छन् । भोलि र पर्सि हुन लागेको बैठकमा भाग लिन उनी डु्रक एअरको उडानमा ८ बजे यहाँ आएका हुन् ।

सोही बैठकमा भाग लिन भारतीय कृषिमन्त्री शिवराज सिंह चौहान भोलि बेलुकी काठमाडौं आउँदैछन् । उनी नेपाल वायुसेवाको उडानमा नयाँ दिल्लीबाट भोलि बेलुकी सवा ६ बजे यहाँ आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेय ढाकाबाट भोलि बेलुकी पौने ६ बजे विमान बंगलादेशको उडानमा आइपुग्दैछन् । बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरुको सम्मेलन गत शुक्रबार बैंककमा सम्पन्न भएको हो ।