‘नरसिंहाः अवतार’को पोस्टरमा राजसँग रोमान्टिक सनिषा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
3.6K
SHARES

२९ चैत काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका मुख्य दुई पात्र राज कटुवाल र नायिका सनिषा भट्टराई फिचर्ड छन् ।

जेठ ९ गतेबाट रिलिजमा आउने चलचित्रमा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा राज र सनिषासँगै राजेश हमाल, सरोज खनाल, नीर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गीलगायत कलाकारको अभिनय छ । चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ ।