भगवती क्लबको साँघुरो जित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
2.5K
SHARES

२९ चैत काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा भगवती क्लबले बाँसबारी क्लबविरुद्ध साँघुरो जित निकालेको छ । शुक्रबार (चैत २९) सातदोबोटोस्थित एन्फा मुख्यालयमा भगवतीले बाँसबारीविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।भगवतीको जितमा आयुष तिम्सिनाले गरेको एक गोल नै पर्याप्त बन्यो । खेलको ६६औँ मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै भगवतीको १४ अंक भएको छ । भगवती अंकतालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा अपराजित भगवतीले ६ खेलमध्ये चारमा जित र दुईमा बराबरीको नतिजा निकालेको छ । पराजित बाँसबारीको भने यो चौथो हार हो । सातौँ स्थानमा रहेको बाँसबारीको ६ अंक छ ।