फाइनलमा कुवेतविरुद्ध फिल्डिङमा नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
2.6K
SHARES

३१ चैत काठमाडौं । हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल खेलमा कुवेतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।हङकङको मोङ कोकमा हुने खेलका निम्ति भएको टस जिते नेपाली टिमले फिल्डिङको निर्णय गर्दै कुवेतलाई ब्याटिङमा निम्त्याएको हो ।

प्रतियोगितामा नेपाली टिम अपराजित छ । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।