‘लाज शरणम्’ले कतिवटा हलमा मनायो प्रदर्शनको ५१औँ दिन ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
2.2K
SHARES

४ वैशाख काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र बिहीबार (आज)बाट प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको हो ।‘लाज शरणम्’ले उच्च शो सहित प्रदर्शन सुरु गरेको थियो । अहिले पनि उपलब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको निर्माणपक्षले जनाएको छ ।

‘लाज शरणम्’ले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज र मोफसलमा झापाको विर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम’लाई सुदीप बरालले छायांकन गरेका हुन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन्