खेलाडीलाई अध्ययनका लागि छात्रवृति प्रदान गरिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
4.5K
SHARES

१९ वैशाख काठमाडौं । अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र खेलाडीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृतिको व्यवस्था मिलाइने घोषणा गरिएको छ ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले रंगशाला लगायतका खेलकुद पुर्वाधारमा तीनै तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए । खेलकुदलाई निजी क्षेत्रको संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाई छ ।

उनले युवाहरूको शारीरिक र मानसिक विकासको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिने बताए ।