तीनकुनेमा सवारी दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते
२५ वैशाख काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार नुवाकोट घर भई अहिले ललितपुर धोबीघाट बस्ने २३ वर्षकी नगिना तामाङ रहेकी छन् ।
यस्तै, मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।बिहान ६ः ३५ बजे बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।