निगमको ट्विन–अटर जहाज नियमित उडानमा आयो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२
3.5K
SHARES

३० वैशाख काठमाडौं । मर्मतमा रहेको नेपाल वायुसेवा निगमको नाइनएन–एबीटी ट्विन–अटर विमान सञ्चालनमा आएको छ । विमानको ‘सर्टिफिकेट अफ एयरविथनेस’ सम्पन्न गरी दुईवटै नयाँ इन्जिन परिवर्तनपश्चात् उडानमा आएको हो । निगमका अनुसार विमान सोमबारबाट नियमित उडानमा छ ।

निगमका नाइनएन–एबीयु र नाइनएन–एबिटी दुईवटा विमानबाट नियमित उडान हुनेछ । दुवै जहाज नियामकीय चेकजाँचपश्चात् नियमित उडानमा रहेको निगमले जनाएको छ ।निगमका प्रत्येक जहाजले दिनमा चार उडान गर्ने व्यवस्था मिलाउन समेत अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन् ।