रोशनीको ‘सुसाइड नोट’– जीवनदेखि हार खाएँ


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२
1.3K
SHARES

१२ जेठ काठमाडौं । प्रहरीले आफ्नै कोठामा  परेकी रोशनी शाहीको साथबाट ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले सुसाइड नोट भेटिएको पुष्टि गरे ।

उनका अनुसार, शाहीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।‘‘शाहीको कोठाबाट सुसाइड नोट फेला परेको छ । नोटमा कसैका कारण आत्महत्या गरेँ भन्ने खालको छैन । तर, जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ भन्ने छ ।’’

नोटबारे थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेको भनाइ छ । जाजरकोटकी शाही आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित कोठामा मृत फेला परेकी थिइन् ।