स्कुटर दुर्घटनामा परी किशोरीको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२
1.5K
SHARES

१२ जेठ काठमाडौं । काठमाडौंको बसुन्धरामा स्कुटर दुर्घटनामा परी सोमबार एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा सडकमा मप्र०२–०३४प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरी घर भई काठमाडौंको चाबहिल बस्ने १८ वर्षीया मनीषा परियार छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।