सञ्चालनमा आयो कान्तिलोकपथ
१६ जेठ हेटौडा । काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो ।उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि शुक्रबार बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ भर्याङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।