कागका कारण सिंहदरबारमा विद्युत् अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०८२
1.4K
SHARES

२१ जेठ काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् आपूर्ति बन्द भएसँगै कामकाज ठप्प भएको हो । काग तारमा बस्दा तार जुधेपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

“दुईवटा काग तारमा परेर मरेका छन् । यसले समस्या गरेको हो । समाधानको लागि टोली पुगिसेको छ,” उनले भने, “प्रधानमन्त्री कार्यालयबाहेकका मन्त्रालयमा बत्ती गएको छ ।” प्रधानमन्त्री कार्यालयमा छुट्टै फिडर भएका कारण विद्युत् अवरुद्ध नभएको ढकालले जानकारी दिए ।