नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द रहने


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
1.7K
SHARES

२५ जेठ काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्ड दिउँसोको समयमा थप पाँचदिन बन्द रहने भएको छ । अब भोलि (जेठ २६)देखि जेठ ३० गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ ।

सडक निर्माण सुधारका लागि सडक बन्द रहने अवधि थपिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वीखण्ड)ले जनाएको छ ।यसअघि, जेठ १० देखि जेठ २५ गतेसम्म सोही समयमा सडक बन्द गरेर निर्माणको काम हुँदै आएको थियो ।