बेंसीसहर–चामे सडक अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
1.3K
SHARES

४ असार लमजुङ । पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।