नेपाली चलचित्र ‘जहाजैमा’को मुख्य भूमिकामा जापानी नायिका
५ असार काठमाडौं । निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘जहाजैमा’को मुख्य भूमिकामा जापानी कलाकार अनुबन्ध भएकी छन् ।चलचित्रको मुख्य नायिकामा जापानी नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको निर्माणपक्षले जनाएको छ ।कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्बिर पनि सार्वजनिक गरेकी थिइन् । निर्माणपक्षले पोस्टर पनि सार्वजनिक गरेको छ ।सार्वजनिक पोष्टरमा हिउँ देखिएको छ । पोस्टरमा रेजल पारदर्शी छातामुनि उभिएकी सछन् ।
यो चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ ।यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने निर्माणपक्षको तयारी छ ।